मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि,

काठमाडौँ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन ।

मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण नदेखिएकोले अहिले उनी होम आइसोलेसनमा नै बसेका छन् ।

प्रकाशित मिति १५ भाद्र २०७७, सोमबार १७:१३
Loading...