भाद्र १३ देखि १९, गते सम्मको राशिफल हेर्नुहोस्…

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । धार्मिक, सांस्कृतिक कार्यमा लाभ मिल्नेछ । साताको अन्त्यमा विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आफ्नो अधिकार प्राप्ति लागि संघर्श गर्नुपर्ला । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।

वृष – ( , , , , बा, बि, बु, बे, बो)

यो सातामा परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । डुबेको धन उकास्न निकै दौडधूप गर्नुपर्छ । कामको सिलसिलामा व्यास्त हुने समय रहेको छ । प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । बुधवारबाट वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको दर्शनगरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन – (का, कि, कु, , , , के, को, ह)

मिथुन राशिको लागि यो साता परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । यो साताका लागि शुभअङ्क ७,९ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा काम गर्नु अघि मृत्युञ्जयाय भगवानको स्मरण गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो हप्ता हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनु होला । यो साताका लागि शुभअङ्क २,४ र शुभरङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा कार्य प्रारम्भ अघि महासरस्वतीको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । साताको मध्यमा महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग सुन्तलारङ्ग हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरणगरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कन्या – (टो, , पि, पु, , , , पे, पो)

भाग्यले साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । लामो दुरीको लाभदायक यात्रा हुनेछ । बुधवारबाट कामहरु अधुरै रहलान् । लगानी डुव्ने भय छ सचेत रहनु होला । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग हरियो वा रातो हो । शुभकर्म गर्नु पूर्व महादेवको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक शुभफल प्राप्त हुनेछ ।

तुला – (, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो सातामा परोपकारी कार्यमा संलग्न भइनेछ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । मध्य साताबाट मानसिक चिन्ता बढ्नेछ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शनगरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यो साता समाज सेवा र परोपकारका क्षेत्रमा लगानीको समय छ । कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मध्य सातामा महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु – (ये, यो, , भि, भु, , फा, , भे)

यो हप्तामा रोकिएका काम पुनः सुरु हुन सक्छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग रातो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु अघि शनिदेवको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मकर – (भो, , जि, खि, खु, खे, खो, गा, गि)

यो सतामा प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सामाजिक कार्यमा व्यास्त हुने समय रहेको छ । साताको मध्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । कृषि कार्यमापनि सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द)

यो साता प्राविधिक काममा सफलता प्राप्त हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । धनसञ्चय र भौतिक सुखको अवसर प्राप्त हुनेछ । हराएको आत्मविश्वास जाग्नेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

मीन – (दि, दु, , , , दे, दो, , चि)

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । साताको अन्त्यमा नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

 

प्रकाशित मिति १३ भाद्र २०७७, शनिबार १७:४३
Loading...