कुलमानलाई सामाजिक संजालले दिएको नियुक्ति सरकारलाई थाहा छैन – प्रवक्ता डा. खतिवडा

काठमाडौँ सरकारका प्रवक्ता एवं अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले कुलमान घिसिंङलाई सामाजिक संजालले दिएको नियुक्ति सरकारलाई थाहा नभएको बताएका छन् ।

सरकारका निर्णय सार्बजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. खतिवडाले घिसिङलाई नियुक्ति गर्न कुनै प्रस्ताव समेत नआएको र यस बारेमा कुनै निर्णय पनि नभएको स्पष्ट गरेका छन् ।

घिसिङको नियुक्तिको विषयमा सोधिएको प्रश्नको जवाफमा डा. खतिवडाले भने – ‘उँहालाई सामाजिक संजालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक संजालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन तर औपचारिक प्रस्ताव पनि छैन र त्यस सम्बन्धि छलफल पनि भएको छैन । त्यसैले त्यो लेखाइ र बोलाइमा कुनै सत्यता छैन ।’

यहि भदौ २९ गते आफ्नो कार्यकाल सकिन लागेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले फेरी नियुक्ति दियो भनेर मंग्लाब्र दिनभरी सामाजिक संजाल र मिडियामा लेखिएको थियो ।

प्रकाशित मिति १२ भाद्र २०७७, शुक्रबार ०३:०६
Loading...