आज पनि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

भाद्र, काठमाडौं आज पनि सुनको मूल्य तोलामा ७ सय रुपैयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३२० रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति ९ भाद्र २०७७, मंगलवार १७:४९
Loading...