निषेधाज्ञामा धेरै सुतेर नबसौं, यस्ता छन् बेफाइदाहरू

काठमाडौं धेरैको भागदौडको जिन्दगी कोरोनाका कारण विश्राममा छ । पछिल्लो ६ महिनादेखि धेरै जना घरभित्रै कैद हुन बाध्य छन् । यस समयमा गृहिणीहरूको काम निश्चित रूपले बढेको छ भने घरका अरू सदस्यहरूको फुर्सद बढेको छ ।  घरमा दिनभरि बच्चा र परिवारका सदस्यको हेरचाह, बच्चाको पालनपोषण आदिमा ध्यान दिँदा धेरै समय खर्च हुन्छ । यस्तो अवस्थामा गृहिणीहरूलाई पर्याप्त आरामको आवश्यकता हुन्छ ।

अर्काेतर्फ कार्यालय र शिक्षण संस्था बन्द हुँदा धेरैको काम घरमा बस्ने मात्रै भएको छ । विशेषगरी घरका पुरुष मान्छे, बच्चा र अविवाहित महिलाहरूको तुलनामा विवाहित महिलाहरू घरमा धेरै काम गर्ने गर्छन् । धेरै बच्चा होस् या ठूला मान्छेको दैनिकी पनि दिनभरि घरमा सुतेर नै बित्ने गरेको छ । तर धेरै सुत्नु पनि स्वास्थ्यको लागि हानिकारक हुने जानकारहरू बताउँछन् । शरीरको लागि आराम कति चाहिन्छ ? यो नबुझ्दा विभिन्न स्वास्थ्य समस्याले सताउने चिकित्सकहरू बताउँछन् ।

अहिले धेरैलाई कार्यालय जाने समयको चिन्ता छैन, व्यापार व्यवसाय गर्नेलाई छिटो उठेर जानुपर्ने हतारो छैन । जसले गर्दा बिहानै उठ्नु पर्ने दबाबबाट धेरै मुक्त छन् । दिउँसो पनि निद्रा लाग्यो भने सुत्नको लागि कुनै समस्या छैन ।

कोरोनाका कारण मान्छे धेरै खाने र धेरै सुत्ने भएका छन्भन्दा गलत नहोला । धेरै खाने र सुत्ने गर्नु नै विभिन्न स्वास्थ्य समस्याको कारण बनेको छ ।

स्वस्थ रहन पर्याप्त निद्रा

स्वस्थ रहनका लागि पर्याप्त मात्रामा निद्रा आवश्यक हुन्छ । थोरै सुत्नेलाई पनि अर्काे खाले स्वास्थ्य समस्याले सताउने गर्छ र अधिक निद्राले पनि स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ ।

अत्यधिक निद्राले थुप्रै रोगहरू निम्त्याउन सक्छ । जबकि कम निदाउनु स्वास्थ्यका लागि राम्रो होइन र बढी निदाउनु पनि फाइदाजनक छैन । निद्रा नलाग्ने रोगलाई इनसोमनिया भनिन्छ भने धेरै निद्रा लाग्ने रोगलाई हाइपर सोमनिया भन्ने गरिन्छ ।

प्रकाशित मिति ८ भाद्र २०७७, सोमबार १५:२१
Loading...