अन्ततः भोलिदेखि निशेधाज्ञा हटाउने निर्णय, फेरि प्रशासनले जारी गर्यो यस्तो सूचना ।

बर्दिया जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी गरेको निशेधाज्ञा आज राति १२ बजे देखि हटाउने निर्णय गरेको छ । बर्दिया जिल्लामा शुक्रबार राती १२ बजे सम्मका लागि जारी गरेको निशेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायण प्रसाद ढकालले जानकारी दिनुभयो ।

निशेधाज्ञाको समय सकिए पनि प्रशासनले भदौ ६ गते देखि लागू हुने गरी बिहान ९ बजे देखि साझ ५ बजे सम्म ब्यापार ब्यवसाय सञ्चान हुने, राति ९ बजे देखि बिहान ५ बजे सम्म सवारी सञ्चालनमा रोक लगाउने, बाहिरी जिल्लाबाट बर्दिया भित्रदा जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य हुनु पर्ने र जिल्लाभर नै ६ गते शनिबार देखि नै लागू हुने गरि महिनाको मितिको आधारमा जोर बिजोर प्रणालि लागू गरिने निर्णय भएको समेत सुचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्ला भित्र समुदाय स्तरमा कोरोना संक्रमण देखा परेपछि प्रशासनले जिल्ला भर लागू हुने गरी १४ दिनसम्म निशेधाज्ञा जारी गरेको थियो । व्यापार व्यवसाय खुला भएपनि स्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न पाइने भयको छ ।

 

प्रकाशित मिति ८ भाद्र २०७७, सोमबार ०५:४७
Loading...