भाद्र ६ देखि १३ गतेसम्मको राशिफल हेर्नुहोस,

मेष राशी – (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला । रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

वृष राशी – (, , , , बा, बि, बु, बे, बो)

सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । सन्तान सुख मिल्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला । मनोरञ्जनमा सहभागीता भइएला । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

मिथुन राशी – (का, कि, कु, , , , के, को, )

यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरूगर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ । यो साताका लागि शुभअङ्क ६,७ र शुभरङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी कार्य गर्नाले सफलता मिल्नेछ ।

कर्कट राशी – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो साता शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मंगल कार्यको योगछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघी बढ्नेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । चुनौतीको सामना गर्नुपर्ला । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको अर्चनागरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह राशी – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कन्या राशी – (टो, , पि, पु, , , , पे, पो)

यो सातामा मनमा शान्ति छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वोलीको भरमा कार्य सम्पादन हुनेछ । साताको उत्तरार्धबाट महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग आकासे नीलो हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

तुला राशी – (, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो सातामा मनमा चञ्चलता बढ्नेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च होला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । बुधबारबाट विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

वृश्चिक राशी – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यो साता नजिकको मित्रसँग भेटघाट हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । मध्य सातामा प्रेममा मनमुटाव रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग गुलाबी वा निलो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

धनु राशी – (ये, यो, , भि, भु, , फा, , भे)

यो हप्ता न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । मध्य सातामा व्यर्थको सास्ति खेप्नु पर्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मकर राशी – (भो,, जि, खि, खु, खे, खो, गा, गि)

यो हप्तामा आदार्श व्यक्तिसङ्ग भेटघाट हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग सिन्दुरे वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ राशी – (गु, गे, गो, सा, सि, सु, से, सो, )

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मित्रहरूले दिएको वचन फेरिन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । मंगलवारबाट साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । वैदेशिक कार्य अघि बढ्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग वैजनी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ईष्टदेवताको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक राम्रो हुन्छ ।

मीन राशी – (दि, दु, , , , दे, दो, , चि)

यो साता आँटेको र ताकेको कार्य पुरा होला । शत्रु पराजित हुनेछन् ,एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भौतिक साधन जुटाउने समय छ । साताको उत्तरार्धबाट विशिष्ठ व्यक्तिको साथ पाईनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सिन्दूरे हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरे सफलता मिल्नेछ ।

 

प्रकाशित मिति ५ भाद्र २०७७, शुक्रबार १८:२५
Loading...