भदौ ५ गते शुक्रबारको राशिफल हेर्नुहोस्…

मेष राशी – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अवसर पायर पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिस्थितिले अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफन्त टाढिने हुँदा होसियारीसाथ कार्य गर्नुहोला।

वृष राशी – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सोचेजस्तो समय नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनसक्छ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अध्ययनमा धेरै समय दिन नसकिएला। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पुर्याउन सक्छ।

मिथुन राशी – (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। चुनौती आयपनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर आफ्नो अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कर्कट राशी – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले उद्योग र ब्यबसायमा विशेष फाइदा उठाउन सकिनेछ। तर प्रतिस्पर्धीसँगको पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ।

सिंह राशी – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। तापनि बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

कन्या राशी – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयासले ठूलो काम बन्नेछ।

तुला राशी – (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।

वृश्चिक राशी – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। तर रकम जुटाउँदा ऋणभार बढ्न सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला।

धनु राशी – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। अरूको विश्वास गर्दा धोका पाइनेछ।

मकर राशी – (भो,ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि लक्ष्यमा पुग्न समय लाग्नेछ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। सहयोगीहरूले भने काममा साथ दिनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। सामाजिक जिम्मेवारी वहन गर्ने समय छ।

कुम्भ राशी – (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ।

मीन राशी – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ।शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ।

प्रकाशित मिति ४ भाद्र २०७७, बिहीबार १९:१९
Loading...