चितवनकी कोरोना संक्रमित नर्सको मार्मिक स्टाटसले छोयो सबैको मन, एकफेर अ वश्य हे र्नुहोस

देशभर काेराेना भाइरसकाे संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइरहेका छन् । यस संकटको समयमा आफ्नो घरपरिवार छाडेर बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मी सधै सम्मानका पात्र हुन् । तर वर्तमान अवस्थामा कोरोना संक्रमण भइसकेपछि स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिलाई हेरिने नकारात्मक दृष्टिकोणले थप अर्को समस्या सृजना भइरहेको छ ।

संक्रमित भइसकेपछि स्वास्थ्यकर्मी र उनिहरूकाे परिवारलाई समाजले तिरस्कार गर्दा थप मानसिक तनाब झेल्नुपरिरहेको छ । समाजबाट हुने यस्ता घृणित गतिविधिले आफुहरुको मनोबल गिरीरहेको बारम्बार स्वास्थ्यकर्मीहरुले बताइरहेका छन् ।

भरतपुरमा संक्रमित स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार दोहोरिएको छ । चितवन, भरतपुरको सेन्ट्रल अस्पताल प्रा.लि.मा कार्यरत एक नर्सले यस्तै समस्या भोग्नुपरेको छ । अस्पतालकी नर्सिङ इन्चार्ज समेत रहनुभएकी २७ वर्षकी रञ्जिता थापाले संक्रमित हुँदा आफु सहित परिवारले भोग्नुपरेको समस्या सुनाउनुभयो ।

संक्रमित थापाले भोग्नुपरेको समस्या उहाँकै शब्दमा :

म भरतपुरको सेन्ट्रल अस्पतालमा कार्यरत छु । यस अस्पतलामा आएका एक बिरामीलाई संक्रमण पुष्टि भएपछि हामी सबै स्वास्थ्यकर्मीको पीसीआर परीक्षण भयो । म लगायत ५ जनालाई संक्रमण पुष्टि भयो । मंगलबार कोरोना पुष्टि भएपछि हामी यही अस्पतालको आइसोलेसनमा छौं । मेरो अवस्था सामान्य छ । औषधि समेत लिनपर्दैन । तर अहिले मैले मानसिक तनाव खेपिरहेकी छु ।

जब मलाई कोरोना पुष्टि भयो, मेरो बाबा– ममीलाई छर–छिमेक तथा आफन्तले समेत गाली गलौज गरे । छोरीलाई किन अस्पताल पठाइस् भन्दै छरछिमेकले हप्कीदप्की गरिरहेका छन् । यतिमात्रै होइन अग्रस्थानमा खटिएका प्रहरीले समेत हामीलाई दुर्व्यवहार गरे । मेरो घरमा प्रहरी आएर उल्टै मेरा बाबा ममीलाई कराउनुभएछ । उनीहरुले त समाजलाई सम्झाउनुपर्ने होइन र हामी कहाँ छौ ।

म घर नगएको धेरै दिन भइसकेको थियो । मलाई संक्रमण पुष्टि भएपछि बाबा, ममी, भाइ र एक जना अर्को दाई क्वारेन्टिनमा हुनुहुन्छ । दुर्व्यवहारका कारण मेरो बाबा ममीलाई खानेकुरा ल्याउन पुर्याउन कोही नभएपछि म कार्यरत अस्पतालका दाईहरुले आवश्यक सामान पुर्याइरहनु भएको छ । मैले सोचीरहेकी छु, सबैको प्रिय थियौ हामी तर संक्रमित भएपछि किन यस्तो पराई भयौ । घरमा नै बस्दा किन असुरिक्षत भयौ ।

यसअघि पनि विभिन्न स्थानमा संक्रमितले यस्तै समस्या भोगेको खबरबाट डराउनुभएको मेरो बाबाले हामीलाई पनि त्यस्तै दिन आउनेछ भनेर मलाई अस्पतालको जागिर छोड भनेर दबाब दिनुहुन्थ्यो । तर मैले यस्तो विषम् परिस्थितिमा बिरामी र त्रासबाट भाग्न सक्दिन भनेर बिरामीको उपचार गरे र उनीहरुको उपचार गर्दा नै म संक्रमित भए । तर म र मेरो परिवार तिरस्कृत हुन परेको छ । यो मैले र मेरो परिवारले मात्रै होइन अन्य संक्रमित र उनीहरुको परिवारले भोगिरहेको तितो यथार्थ हो ।

थापाको फेसवुक स्टाटस यस्तो थियो :

मेरो बाबाले मलाई कोरोनाको डरले जागिर छोड्न दबाब दिइराख्नुभयो । मलाई थाहा थियो कुनै न कुनै दिन म कोरोनाको शिकार हुनेछु तरपनि मैले कुनै दिन जागिर छोड्ने मनशाय राखिन । म पछि हटे भने कसले सेवा गर्नेछ र मेरो देशमा लासको हिमाल बन्न समय नलाग्न सक्छ । त्यो म हेर्न सक्दिन । त्यो लाश थुप्रोमा मेरो,तपाईको कसैन कसैको प्राण जोगिएको हुन्छ । यही सोचले म कुनै दिन अस्पताल जान छोडिन । बरु केहि दिनदेखि घर जान छोडिदिए । कुनै पनि बिरामीको सेवा गर्दा घिन मानिन । आज म कोरोन पोजेटिभ भई आइसोलेसनमा बसेकी छु ।

घरमा प्रहरी पठाउने, छोरीलाई किन पहिल्यै जागिर छोड्न नलागेको भनेर तनाव दिइरहेका छन् । वाह समाजको दायित्व । भोलि हजुरलाई हजुरको आफ्नो भन्नेलाई कोरोना लाग्ला अनि कहाँ जानुहुन्छ सहयोगका लागि । आफ्नो परिवारलाई कहाँ लगेर लुकाउनुहुन्छ र रुरु आइसोलेसनमा आफै बसेको छ तरपनि मानसिक तनाव किन रुम कुन मुखले बाबालाई भनु फेरि अस्पताल जान्छु भनेर ।

 

प्रकाशित मिति ४ भाद्र २०७७, बिहीबार १६:५६
Loading...