नेपालको झण्डा जलाउँदै जातीय द्वन्द्व भड्काउने गीत युट्युवमा , हेर्नुहोस भिडियो।

काठमाडौं सामाजिक सञ्जाल युट्युबमा नेपालको राष्ट्रिय झण्डा जलाउँदै जातीय  द्वन्द्व भड्काउने गीत सार्वजनिक भएको छ । मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । भदौ १ गते अपलोड गरिएको भिडियो हालसम्म १ लाख बढीले हेरेका छन् ।

सार्वजनिक भएको गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाइएको देखाएको छ । गीतका शब्दमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको छ । जातीय द्धन्द्धलाई प्रशय दिने खालको गीतमा ढाका टोपीलाई पनि अपमानजनक शब्द प्रयोग भएको छ ।

आपत्तिजनक शब्द र भिडियो फुटेज रहेको सो गीतमा नेपालको झण्डामा आगो लगाइएको छ भने ‘बाहुन क्षेत्री लुटेरा शरणार्थी’ भएको भन्ने जस्ता आपत्तिजनक शब्द प्रयोग गरेर नेपालबाट खेद्नुपर्छ भनिएको छ । मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यामिक विद्यालयको प्राङ्गणमा नेपालका झण्डा जलाइएको भिडियोमा देखिन्छ ।

भिडियोकोमा देशद्रोही शरणार्थी बाहुन क्षेत्रीको हिन्दू झण्डा भन्दै जलाइएको छ । जहाँ नेपालको झण्डा र पृथ्वी नारायण शाह, प्रचण्ड, ज्ञानेन्द्र शाह, विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताको तस्विर पनि जलाइएको छ ।

देशद्रोही शीर्षक राखिएको सो भिडियोको तल गायकको परिचय दिएको छ । मंगोलियन -याप नाम दिइएको सो गीतका रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटिएम, भाषा खस र राष्ट्रियता नेपाली लेखिएको छ ।

भिडियो बजारमा आएसँगै यस्तो कार्य गर्नेलाई कारवाही गरिनुपर्ने माग सामाजिक सञ्जालमा चर्को रुपमा उठेको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले भिडियोमा राष्ट्रिय झण्डा जलाउने व्यक्तिको खोजीकार्य भइरहेको बताए ।

एसएसपी थापाका अनुसार गीतको भिडियो बनाउने मुख्य व्यक्ति हेटौंडामा छन् । ती व्यक्तिको समेत मकवानपुर प्रहरीको समन्वयमा खोजीकार्य भइरहेको थापाले बताए । यस्तै भिडियो खिच्ने फोटोग्राफरको लगभग पहिचान भइसकेको थापाले बताए ।

देशको राष्ट्रिय झण्डाको अपमान गर्नेलाई कारवाहीको माग चर्किरहँदा यस्तो कसूर गर्नेलाई के–कस्तो सजाय हुन सक्छ भन्ने विषयमा पनि धेरैको चासो बढेको छ ।

मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख गरिएको छ ।

प्रकाशित मिति २ भाद्र २०७७, मंगलवार १०:४१
Loading...