एकै दिनमा ६ हजार २ सय घट्यो सुनको भाउ,

साउन २८ – एकाएक चुलिएको सुनको भाउ आज एकै दिनमा ६ हजार २ सय रुपैयाँले घटेको छ। केही दिनयता मूल्यमा नयाँ रेकर्ड कायम गरेको सुनको भाउ मंगलबार तोलाको १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज छापावाला सुन तोलाको ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि झरेर तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी चाँदीको भाउमा पनि एक दिन तोलामा २२५ रुपैयाँले झरेको छ । मंगलबार तोलाको १४ सय ३५ पुगेर नयाँ रेकर्ड कायम गरेको चाँदी आज १२ सय १० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति २८ श्रावण २०७७, बुधबार ०८:२०
Loading...