विवाह नगरी कसरी आमा बनिन् एकता कपुर ?

एजेन्सी, फागुन ५
भारतीय टेलिचलचित्रकी निर्मात्री एकता कपुर आमा बनेकी छन् । भारतीय मिडियाका अनुसार उनले गत आइतबार मात्रै एक छोरालाई जन्म दिएकी हुन् ।

तर, छोरा जन्माएकी एकताले विवाह भने गरेकी छैनन् । उनले जनवरी २७ मा सेरोगेसीमार्फत् छोरालाई जन्म दिएकी हुन् । एकताले विवाहको दबाबबाट बच्न फिल्मी क्षेत्र रोजेको बताइन्छ ।

एकताले सिरियल ‘हम पाँच’ बाट आफ्नो करिअर थालनी गरेकी थिइन् । उनी भारतमा सबैभन्दा व्यस्त निर्मात्रीमो सूचीमा पर्छिन् ।

एकताद्वारा निर्मित ‘कसौटी जिन्दगीकी’ टेलिफिल्म कुनैबोल निकै चलेको थियो । उनले फिल्मसमेत बनाएकी छन् ।

प्रकाशित मिति ५ फाल्गुन २०७५, आईतवार १७:४५
Loading...