‘लभ स्टेसन’मा यस्तो देखियो प्रदीप र जसिताको रोमान्स (भिडियो)

काठमाडौं, फागुन ६
फिल्म ‘लभ स्टेसन’ले आफ्नो पहिलो गीत निकालेको छ । उसले ‘घाम जुन चाहिँदैन’ बोलको गीत रिलिज गरेको हो ।

सार्वजनिक भिडियोमा फिल्म ‘लिलीबिली’का जोडी तथा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङको प्रेमलाई प्रस्तुत गरिएको छ । यो गीत भने भियतनाममा खिचिएको हो ।

उक्त गीतमा दीपक शर्माको शब्द संगीत छ भने सुगम पोखरेल र रेश्मा पुन मगरले गाएका छन् । कोरियोग्राफर शिशिर खाती रहेका छन् । उज्वल घिमिरेले निर्देशन गरेको फिल्म आगामी चैत २२ मा प्रदर्शनमा आउनेछ ।

फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति ५ फाल्गुन २०७५, आईतवार १७:२८
Loading...