रामोसले बनाए ‘रातो कार्ड’मा विश्वकीर्तिमान !

काठमाडौं, फागुन ५
स्पेनको क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसका नाममा रातो कार्डमा विश्वकीर्तिमान बनेको छ । ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा जिरोनाविरुद्धको खेलक्रममा रामोसले रातो कार्ड पाएका थिए । उनले दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाएका थिए ।

खेलको ६३औं मिनेटमा पहिलो पहेंलो कार्ड पाएका उनले ८९औं मिनेटमा दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड पाएर मैदान छाडेका थिए । यससँगै रामोसले आफ्नो करिअरमा पाएको रातो कार्डको संख्या २५ पुगेको छ ।

अब रामोस युरोपका शीर्ष ५ लिगमा सबैभन्दा बढी रातो कार्ड पाउने खेलाडी बनेका छन् । उनी स्पेनको ला लिगा, इंग्ल्यान्डो प्रिमियर लिग, फ्रान्सको फ्रेन्च लिग, इटालीको सिरी ए र जर्मनीको बुन्डेसलिगामा ला लिगाबाट सबैभन्दा बढी रातो कार्ड खाने खेलाडी बनेका हुन् ।

करिअरमा कूल २५ रातो कार्ड पाउँदा रामोसले ला लिगामा मात्रै २० रातो कार्ड पाएका छन्, सर्वाधिक धेरै हो ।

प्रकाशित मिति ५ फाल्गुन २०७५, आईतवार १७:०५
Loading...