गर्भधारण भयको ९ महिना के गर्ने के नगर्ने ? जानिराखौ,

गर्भावस्था एक यस्तो संवेदनशिल अवस्था हो यतिबेला गर्भवतीले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यको समेत गर्भ रहेपछिको अवस्थादेखि नै उचित खानपान, जीवनशैली र सोंच-चिन्तन आवश्यक हुने गर्छ ।

यतिबेला गर्भवतीले मात्र होइन उनका श्रीमान र परिवारले नै राम्रो वातावरण तय गरिदिनुपर्छ । अतः कुन अवस्थामा गर्भवतीले कस्तो सावधानी अपनाउने, के गर्ने ? के नगर्ने ? ख्याल राख्नुपर्छ ।

गर्भावस्थाको प्रारम्भिक लक्षण ,

महिनावरी महिना चक्रक्रम रोकिनु , चक्कर लाग्नु , वान्ता हुनु , कहिलेकहीा ज्वरो पनि आउन सक्छ , सुरुवाती दिनमा हर्मोन परिवर्तनको कारणले केहि शारीरिक समस्याहरु देखापर्छ ।

के गर्ने ?

कुनैपनि भार उठाउन हुदैन , व्यायाम पनि त्यती गरौं, जो चिकित्सकले भनेका छन् , ताजा र पौष्टिक भोजन सेवन गरौ, बच्चालाई पूर्ण रुपमा पोषण मिलोस् , आफुनो भोजनमा पत्तेदार सब्जी, दुध र दुधजन्य पदार्थ सामेल गरौ , भिटामिन सि ले भरपुर पदार्थ लिनुहोस् । दिनमा कम्तीमा पनि ६-७ गिलास पानी पिउनुहोस् ।

दोस्रो महिना सबै गर्भवतीमा एकै किसिमको लक्षण नदेखिन सक्छ । थकान लाग्ने, चक्कर लाग्ने हुन्छ । धेरै पटक पिसाब लाग्न सक्छ । झर्को लाग्न सक्छ ।

के गर्ने ?

यस समयमा मदिरा, ड्रग्स वा विषाक्त पदार्थको सम्पर्कमा बस्नुहुन्न । आफ्नो मर्जी अनुसार कुनैपनि औषधी सेवन नगर्ने । आफ्नो खानेकुरामा प्रोटिन, क्याल्शियम, कार्बोहायडे्रट, ताजा फल आदि सामेल गर्नुहोस् । यतिबेला हल्का थकान लाग्नसक्छ, त्यसैले पर्याप्त आराम लिनुहोस् ।

तेस्रो महिना – यस अवधीसम्म आइपुग्दा तपाईको गर्भ निकै परिपक्क भइसकेको हुन्छ । विगतमा जस्तो समस्या वा खतरा हुदैन । भ्रुण तिब्र रुपले बिकास हुन थाल्छ । योनीश्राव बढ्न सक्छ । कब्जियत हुनसक्छ । यतिबेला तपाईको गर्भवती पेट देखिन थाल्छ ।

के गर्ने ?

बच्चाको तौल बढेकाले कम्मरमा पीडा हुनसक्छ । त्यसैले गह्रौं बस्तु उठाउन हुन्न । फ्ल्याट जुत्ता लगाउनुपर्छ । आरमले बस्नुपर्छ , पर्याप्त मात्रामा क्याल्शियमको सेवन गर्ने, हल्का व्यायम गर्ने गर्नुहोस् ।

चौथो महिना – यतिबेला गर्भको बच्चा चल्न थालेको महसुष हुन्छ । गर्भाशय बढ्न थाल्छ , थकान लाग्न सक्छ, कब्जियत हुनसक्छ । पेट फुल्ने समस्या पनि देखापर्छ , भोक लाग्छ । साथै सफा योनीश्राव हुन्छ ।

के गर्ने ?

छाला र मांसपेशी गर्भस्थ शिशुको समायोजित गर्नका लागि फैलन सुरु गर्छ । त्यसैले खुला एवं हल्का पहिरन लगाउने । तरल पदार्थ पिउने । सब्जी र फलफूल सेवन गर्ने । यतिबेला डेढ देखि दुई किलोसम्म तौल बढ्न सक्छ, चिन्ता नगरौ ।

पाँचौ महिना

तपाईको गर्भमा तिब्र रुपमा शारीरिक परिवर्तन हुन्छ । बच्चा सक्रिय हुन थाल्छन् । बच्चाले खुट्टा चलाएको महसुष गर्न सकिन्छ । यतिबेला थकान लाग्ने, पेट फुल्ने, भोक लाग्ने, सास लिन गाह्रो हुने, कम्मर दुख्ने समस्या हुनसक्छ ।

के गर्ने ?

आरमदायक ढंगले बस्ने , सन्तुलित भोजन लिने , मुलायम पहिरन लगाउने , मनलाई प्रशन्न राख्ने , मनमा चिन्ता नलिने , कुनै भय नलिने , किनभने यसको नराम्रो असर गर्भको बच्चामा पर्न सक्छ । विहान-बेलुकी टहल्ने अचानक उठ्ने वा बस्ने नगरौ । कुनैपनि काम गर्दा विस्तारै गर्ने । भोग लाग्नु स्वभाविक हो, तर जंक फूडको सेवनबाट बचौं ।

छैठौं महिना

यतिबेला शरीरको तौल तिब्र रुपमा बढ्न थाल्छ । शरीरको तापमान बढ्न सक्छ । स्तनको आकार बढ्छ र निप्पलमा कालो घेरा लाग्न सुरु गर्छ । पेटमा हलका पीडा हुन सक्छ ।

के गर्ने ?

यसबेला आरम गर्नु निकै महत्वपूर्ण हुन्छ । सहि मुद्रामा आरम गर्ने । खुट्टा सुन्निने संभावना भएको धेरै समय खुट्टा झुन्ड्याएर नबस्ने । सुतेको बेला खुट्टामा सिरानी राख्ने । गहिरो सास लिने र छाड्ने अभ्यास गर्ने । पौष्टिक आहारा लिने । अधिक मात्रामा पेय पदार्थ लिने ।

सातौ महिना

भ्रुणको विकाससंगै तपाईको शरीरमा रगतको आवश्यक्ता पर्न थाल्छ । त्यसैले रगत बनाउने खाद्य पदार्थ सेवन गर्नुपर्छ । स्तन कोलेस्ट्रम नामक एक सफा तरल पदार्थ चुहिन सक्छ । कम्मर दुख्ने र सास बढ्ने समस्या देखापर्छ ।

के गर्ने ?

आफ्नो अन्तिम तेस्रो महिना चिकित्सकको सम्पर्कमा रहने । मनमा भय र चिन्ता नलिने । खानपान र जीवनशैलीमा सन्तुलन ल्याउने । आरम गर्ने ।

आठौं महिना

गर्भावस्थाको आठौं महिना आफ्नो स्वास्थ्यप्रति एकदमै सर्तक हुनुपर्छ । गर्भ र आफ्नो शारीरिक संरचनामा धेरै परिवर्तन हुन सक्छ । यतिबेला गर्भको बच्चा पनि उर्जावान भइसकेका हुन्छन् ।

के गर्ने ?

पानी, फल र रसको सेवन गर्ने । मसलेदार वा एसिडयुक्त भोजना सेवन नगरौ । नकारात्मक बिचार त्याग्नुपर्छ । नकारात्मक स्थानमा बस्नु हुादैन । जति सकिन्छ, शान्त भएर बस्ने

नवौं महिना

गर्भावस्थाको यो महिना पूर्ण अवधी मानिन्छ । कुनैपनि समयमा तपाईमा प्रसव पीडा हुन सक्छ । शारीरिक एवं मानसिक रुपले आफुलाई तयार राख्नुपर्छ ।

के गर्ने ?

प्रसवको समयमा लगाउनका लागि आरमदायक पहिरन तयार गर्ने । नवजात शिशुको लागि आवश्यक सामग्री खरिद गर्ने । प्रसुती गृह एवं अस्पतालको पायक पर्ने स्थानमा बस्ने । यातयातको व्यवस्था गर्ने ।

केहि जानकारी

नियमित रुपमा स्वास्थ्य जााच गराउनुपर्छ । सास लिन गाह्रो भएको वा अन्य कुनै अवरोध छ भने चिकित्सकको निगरानीमा बस्नैपर्छ ।

चुरोट, मदिरा आदिको सेवन नगरौं, जसले गर्भको बच्चालाई सोझो असर पर्छ । मदिराले बच्चाको शरीर एवं मस्तिष्क कमजोर हुन्छ । गर्भधारणपछिको पहिलो वा छ सप्ताहको समय बच्चाको शारीरिक रचनाका लागि एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले यसबेला त्यस्ता खानेकुरा सेवन नगरौ, जसले गर्भको बच्चामा नराम्रो असर गर्छ ।

गर्भधारण गर्नअघि नै महिलाले सन्तुलित भोजन गर्नुपर्छ । खानामा अधिक मात्रामा हरियो सब्जी, सलाद, दाल, दुध, पनिर फल लाभदायक हुन्छ ।

आफ्नो शरीरलाई चुस्त, सुडौल र स्वस्थ्य बनाइराख्न बिहान हल्का व्यायाम गर्नुपर्छ । केहि समय टहल्नु पर्छ । बिहान टहल्नाले दिनभर थकान अनुभव हुादैन ।

गर्भधारणपछि मानसिक शान्तिका लागि मनोरञ्जन, ध्यान, धार्मिक कार्यक्रममा सहभागी हुनु राम्रो हो ।

गर्भधारणका लागि २१ बर्ष उमेर पुगेको राम्रो हो भने ३५ बर्षभन्दा कम उमेरको हुनुपर्छ ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार ०५:५६
Loading...