फेरि घटयो सुनचाँदीको मूल्य ,

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७४ हजार ५०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।मंगलबारको तुलनामा बुधबार रु १५ ले घटेर चाँदी तोलामा ८८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार ०७:१३
Loading...