रिलिजकै दिन कसरी ‘लिक’ भयो रणवीर र आलियाको ‘गली ब्वाई’ ?

एजेन्सी, फागुन ४
रणवीर सिंह तथा आलिया भाट अभिनित फिल्म ‘गली व्वाई’ रिलिजकै दिन लिक भएको छ । तमिल रकर नामक पाइरेसी वेवसाइटले फिल्म हलहरूमा लागेकै दिन वेबसाइटबाट लिग गरिदिएको हो ।

तमिल रकरले नयाँ फिलम लिग गरेको यो नै पहिलोपटक भने होइन । उसले यसअघि पनि थुप्रै फिल्म प्रदर्शनकै दिन र अगावै अनलाइनमा लिक गरेको छ ।

एक हिपहप गायकको कथामा बनेको फिम्ल लिक भए पनि यसले व्यापार भने राम्रो सुरुआत गरेको छ । उसले पहिलो दिन १८.७० करोड भारू कमाइ गरेको छ ।

फिल्मले दर्शक तथा समीक्षकबाट समेत सकारात्मक तारिफ पाइरहेको छ । समीक्षकहरूले यसलाई वर्ष २०१९ कै सुरुआती समयको उत्कृष्ट फिलम भनेका छन् । यस फिल्मका दिर्नेशक जोया अख्तर हुन् ।

प्रकाशित मिति ४ फाल्गुन २०७५, शनिबार ०५:२६
Loading...