नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर  ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको हो । चाँदी भने बिहीबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति २४ पुष २०७६, बिहीबार ०८:४७
Loading...