इराकमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता रहन निर्देशन

२३ पुस, काठमाडौं । नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ ।

अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर सुलेमानीको मृ*त्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका आफ्ना शान्ति सैनिकलाई सतर्कता अपनाउनको लागि निर्देशन दिएको छ ।

सेनाले बुधबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेको पनि उल्लेख गरेएको छ ।

शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन निर्देशन दिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति २३ पुष २०७६, बुधबार १५:३९
Loading...