८० अमेरिकी सेना मारिएको इरानको दाबी

२३ पुस, काठमाडौं । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा आफ्नो देशले गरेको आक्रमणमा परेर ८० अमेरिकी सैनिक मारिएको इरानको सञ्चार माध्यमले जनाएको छ ।

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर मारियपछि क्रुद्ध बनेको इरानले मंगलबार राति अमिरिकी सेना बसेको दुई स्थानमा आक्रमण गरेको थियो ।
घटनाको क्षतिबारे स्वतन्त्र पुष्टी हुन बाँकी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको आक्रमणको समिक्षा गरिरहेको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेसम्म सबै ठीकठाक छ, हामीसँग विश्वकै शक्तिशाली सेना छन् । म बिहान एक बयान जारी गर्नेछु ।’

प्रकाशित मिति २३ पुष २०७६, बुधबार ०६:५६
Loading...