आज लामो समय पछि सुनको मुल्यमा गिरावट

काठमाण्डौ । नेपाली सुनचाँदी बजारमा आज लामो समय पछि सुनको मुल्यमा गिरावट आएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघले जारी गरेको सुनचाँदीको मुल्य सुची अनुसार आज दुबै किसिमका सुनको मुल्यमा प्रति तोला ५ सय रुपैयाले गिरावट आएको हो ।

सोही अनुसार आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोला ७५ हजार ५ सय रुपैया पुगेको छ ।त्यस्तै तेजावी सुनको मुल्यमा पनी गिरावट आउँदै तेजावी सुनको मुल्य आज प्रति तोला ७५ हजार २ सय रुपैयामा कायम रहेको छ ।

साथै आज चाँदीको मुल्यमा पनी प्रति तोला २० रुपैयाले गिरावट आउँदै आज चाँदीको मुल्य नेपाली बजारमा प्रति तोला ९ सय रुपैया रहेको छ । बिगत २ हप्ता भन्दा देखि बढिरहेको सुनको मुल्यमा पछिल्लो समय गिरावट आएको हो ।

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार १०:२४
Loading...