नेपालकै यो जिल्लामा विवाह गर्नलाई केटा छैनन, केटीहरुको जवानी त्यसै पोखिन्छ

काठमाडौं । विश्वका केही देशहरुमा विवाह गर्नको लागि केटा नपाइएको समाचार समयसमयमा आउँने गर्दछ । चीनमा भने विवाह गर्नको लायि युवत्ती पाउन गाह्रो छ । लामो समय एक सन्तान निती लिएको चीनमा धेरैको पहिलो सन्तान छोरा हुँदा यस्तो समस्या आएको जानकारहरु बताउँछन् ।

ब्राजिल लगायत मुलुकमा भने युवतीको संख्या धेरै तर केटाहरुको संख्या कम भएको बताइन्छ । अहिले नेपालमा यस्तो पनि गाउँ छ भन्ने कुरा बाहिर आएको छ । जहाँ युवतीहरुले केटा नपाउँदा वैवाहिक सम्बन्ध राख्न पाएका छैनन् । सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट गाउँहरुको हो ।

बिही ६, न्याककी कान्छी गुरुङ (नाम परिवर्तन) २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ । अहिलेसम्म उनको लगन जुरेको छैन । उनी भन्छिन्, ‘गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो ।’

उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेर पुगेका तर नभएका युवती छन् । बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार १०:०१
Loading...