मोटरसाइकल चोरी गर्दागर्दै काभ्रे घर भएका युवराज पक्राउ

२२ पुस, काठमाडौं । मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले काठमाडौं चौमतीबाट मंगलबार एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३-०२-००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङ पक्राउ पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङले मोटरसाइकल चोरी गरी डोर्‍याएर ल्याई रहेको अवस्थामा पक्राउ गरेको हो ।  तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार ०७:४२
Loading...