कञ्चनपुर, फागुन ४
यहाँको शुक्लाफाँटा नगरपालिका–८, पारिफाँटामा अघिल्लो दिन चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इप्रका झलारीका इन्स्पेक्टर रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उनका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् ।
घाइते दुवैको स्थानीय झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ । दुवको अवस्था सामान्य रहेको बताइएको छ ।
घरमै रहेका बेला दुवैजनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ । सोही ठाउँका जयसिंह खत्रीको घरमा चट्याङ लागेर ब्याउने भैंसीसमेत मरेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति ३ फाल्गुन २०७५, शुक्रबार १८:१८
Loading...