भारतमा एक १८ वर्षे युवतीले भारतका प्रहरीलाई उल्लु बनाएर ७ घण्टा सम्म डोजर लगाएर खन्न बाध्य बनाएकी छिन ।
भारतको राजस्थानको अनुपपुरामा भएको यो घटनामा उक्त युवतीले पानी बोरिङ गर्न बनाइएको साँघुरो गहिरो खाल्डोका वरिपरी कपडा र पत्र राखेर भागेकी थिइन ।
उनले उक्त पत्रमा आफु नभेटिने र आफु बालाजीको फरिस्ता भएको भन्दै लेखेकी थिइन ।
जसका कारणले सबैले उनी उक्त खाल्डो भित्र खसेको हुनसक्ने भन्दै खन्न थाले सोही मौकामा उनी प्रेमीसंग जयपुरतर्फ लागिन ।
प्रहरी भने उनलाई खोज्न आत्म*हत्या गरेको हुनसक्ने भन्दै उक्त खाल्डो खन्नतर्फ लाग्यो । उनी भने जयपुरमा प्रेमीका साथ भेटिएकी थिइन ।
पछि प्रहरीले केही परका मानिसहरुसंग सोधपुछ गर्दा भागेको भनेर सुनाएपछि प्रहरीले अनुसन्धान गरेर खोज्न थालेको थियो ।
प्रकाशित मिति १४ पुष २०७६, सोमबार १२:११