गोरखादेखि काठमान्डौसम्म सुरुभयो आजबाट रात्री बस सेवा

पुस १० गोरखा, गोरखाको सोतिबाट काठमान्डौ र काठमान्डौबाट सोतिसम्म आजबाट पहिलो रात्री बस सेवा सुरु भयको छ। गोरखा दरौदी यातायात कम्पनी प्रा.लि.ले रात्री बस सेवा सुरु गरेको हो।

आरुघाट गाउपालिकाको सोतिबाट हरेक साझ: ६ बजे र काठमान्डौ बाट हरेक दिन साझ: ७ बजे बस छुटने प्रालिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

उक्त बस सोतिबाट छुटेर आरुघाट, घ्याम्पेसाल, श्यामबजार , गोरखाबजार हुँदै काठमान्डौ पुग्नेछ, भने काठमान्डौबाट छुटेको बस सोही रुट हुँदै सोतिबजार सम्म पुग्नेछ। साथै दुबै स्थानबाट छुटेको बस भोलि बिहान ५ बजे गन्तव्यमा पुग्ने श्रेष्ठले बताउनुभयो ।

भाडादर ७२० रुपैयाँ तोकिएको उहाँको भनाई छ सोतिबाट छुटेको बस राती १० बजे गोरखाबजार आइपुग्नेछ। सोति काठमान्डौ रुटको दुरि २०५ किलोमीटर रहेको छ। साथै यो गोरखाबाट चल्ने पहिलो रात्रीबस समेत हो ।

प्रकाशित मिति १० पुष २०७६, बिहीबार १७:०८
Loading...