धुर्मुसलाई रविले भेटेर कानमा खुसुक्क यस्तो भने

अहिले देशै भरिबाट चितवनमा बन्दै गरेको रंगशालामा ध्यान र सहयोग हुने क्रम जारी छ भने विभिन्न कलाकार बुद्धिजीवीहरुले चितवनमा आएर बन्दै गरेको रंगशाला अवलोकन गरेका छन।

यसै बिशयमा रवि लामिछानेले धुर्मुसलाई कानमा साउती गर्दै केही बोलेका छन। धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र चर्चित सञ्चारकर्मी रबि लामिछानेबीच सोल्टि होटेलमा आयोजित एक बिशेस कार्यक्रममा भेट भएको हो ।

उक्त भेटमा रबि लामिछानेले रङशाला निर्माण अभियानलाइ सफल बनाउन अब आफु लाग्ने प्रतिबद्द्ता जनाएका छन् । रङ्गशालाको निर्माण कार्यमा आफै लागिरहेका धुर्मुसलाई अब आफुले पनि साथ दिने रबिले प्रतिबद्द्ता जनाएका छन् । सञ्चारकर्मी रबि लामिछानेले रङ्गशाला निर्माण स्थलमा आफु नै पुगेर सबैलाइ सहयोगका लागि अपिल गर्ने धुर्मुसलाई प्रतिबद्द्ता जनाएका छन् ।

अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य धमाधम भईरहेको छ । भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण भइरहेको यस रङ्गशालामा धुर्मुस सुन्तली फाउण्डेसनलाई देश विदेशबाट रङ्गशालाको लागी सहयोग आइरहेको छ । पछिल्लो समय रंगशालाको काम धमाधम भैइरहेको छ भने सहयोगी मनहरु पनि देश बिदेश बाट ओईरिएका छन।

प्रकाशित मिति ८ पुष २०७६, मंगलवार १३:०५
Loading...