कर विना देश बन्दैन, कर उठाउन हुँदैन भन्‍ने पार्टीले देश बनाउँदैन- पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौँ– नेकपाका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जनताबाट कर लिएको विरोध गर्नुको औचित्य नभएको बताएका छन्। उनले करको वि’रोध गर्ने राजनीतिक पार्टीले देशको विकास गर्न नसक्ने जिकिर गरेका हुन् । शुक्रबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सामाजिक सुधार ऐन २०३३ बारे छलफल गर्न आयोजित कार्यक्रममा पाण्डेले जनताकै आवश्यकता पूरा गर्नका लागि राज्यले कर उठाउनु अनिर्वाय भएको दाबी गरेका हुन्।

सामाजिक सुधारका लागि भन्दै राज्यले नागरिकको गति विधिमा कुन तह सम्म नियमन गर्ने भन्ने विषयमा बहस भइरहेका बेला पाण्डेले विवाह, ब्रतमन्ध जस्ता कार्यमा भएका खर्चतलाई समेत करको दायरामा ल्याउनु पर्ने तर्क गरे । ‘कर तिर्नु पर्दैन भनेर दलहरुले आवाज उठाइ रहेका छन्। कर विना देश बन्दैन। अर्को चुनावमा कर तिर्नुपर्दैन भन्‍ने एजेण्डामा बन्ला जस्तो छ’, पाण्डले भने।

यही मंसिर १४ गते भएको उपचुनावमा सत्तारुढ नेकपाले चुनाव हारेका केही स्थानीय तहमा करकै कारण भएको निष्कर्ष निकालिएको थियो । विधानय समितिमा सामाजिक सुधार ऐनलाई समय सापेक्ष बनाउनका लागि विभिन्न क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ।

प्रकाशित मिति २१ मंसिर २०७६, शनिबार ०८:५५
Loading...