३८ किलोमिटर पानी जहाजमा सरर….नारायणी नदीमा २५० जना बोक्ने जहाज तयार !

काठमाडौं । भिजिट नेपाल २०२० देखि नारायणी नदीमा पानी जहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालीले १५ करोड लगानीमा २५० जना क्षमताको मिनी पानी जहाज सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो ।

कम्पनीका सञ्चालक डा. शंकर खतिवडाका अनुसार आगामी हप्ता नारायणी नदिमा पानी जहाजको परिक्षण सञ्चालन गरिनेछ । आगामी जनवरी १ तारिखका दिन राष्ट्रपति र प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी छ । ‘जनवरी पहिलो तारिखका दिन औपचारिक सेवा आरम्भ गर्ने तयारी गरेका छौं, एक हप्तापछि परिक्षण सञ्चालन गरिनेछ’, सञ्चालक खतिवडाले भने ।

पानी जहाज कार्यालयबाट कम्पनीले ३८ किलोमिटर दुरीमा जहाज सञ्चालनको अ’नुमति पाएको छ । कम्पनीले गो’लाघाटदेखि दे’वघाटसम्मको दुरीमा जहाज सञ्चालन गर्नेछ ।

पानी जहाज निर्माणका लागि नर्वेजियन प्रबिधिको प्रयोग गरिएको खतिवडाले बताए । तर दक्षिण भारतीय राज्य केरलाका प्राविधिकहरु निर्माण कार्यमा सं’लग्न छन् । उनीहरुले नै आगामी ६ महिनासम्म नेपाली प्राविधिकहरुलाई तामिल दिएर सञ्चालनको पूर्ण जि’म्मा सुम्पिनेछन् ।‘६ महिनासम्म उनीहरुले नै स’ञ्चालन गरिदिन्छन्, त्यसको त्यस अ’वधीमा हाम्रा ज’नशक्तिले सिकेर आफैं सञ्चालन गर्नेछन् ।

हामी तालिम केन्द्र खोलेर ज’नशक्ति तयार पार्छाै’, खतिवडाले भने । डिजेल इञ्जिनको पानी जहाजमा २ वटा इञ्जिन रहनेछन् ।कम्पनीले ३ वटा सि’फ्टमा जहाज सञ्चालनको योजना बनाएको छ । पहिले सिफ्टमा ब्रे’क फास्टसहितको प्याकेज हुनेछ । दोश्रो सिफ्टमा लञ्च र साँझ डिनरसहितको प्याकेज तयार भैरहेका छन् ।

हामीले ब्रे’क फस्ट देखि डिनरसम्मको प्याकेज तयार पारेका छौं, आफु अनुकुल उपयोग गर्न सकिन्छ’, खतिवडाले भने ।कम्पनीले तत्कालै २ वटा जेट बोट थप्ने योजना बनाएको छ । ५० जना यात्रु अट्ने एउटा र अर्काे एक सय जना यात्रु बोक्ने गरि जेट बोट थप्ने तयारी गरिएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति २१ मंसिर २०७६, शनिबार ०४:०१
Loading...